मेसी चम्किदा बार्सिलोना बिजयी

Barcelona's Lionel Messi kicks a fault before scoring a goal against Athletic Bilbao during their La Liga soccer match at Camp Nou stadium in Barcelonaलियोनल मेसी चम्केपछि बार्सिलोनाले लालिगामा आफ्नो अंक बढाएको छ । मेसीको दुई गोलको मद्धतमा बार्सिलोनाले ला लीगाको पछिल्लो खेलमा आइबारलाई पराजित गर्दै अंक तालिकामा आफ्नो अग्रता ४ अंकले बढाएको छ ।

३१ औं मिनेटमा पेनाल्टी गोलमार्फत् अग्रता दिलाएका मेसीले ५५ औं मिनेटमा अर्को गोल थप्दै टोलीको जित निश्चित गरेका हुन् । जितपछि बार्सिलोना ६५ अंकसहित पहिलो स्थानमा रहँदा रियाल मड्रिड ६१ अंकसहित दोस्रो स्थानमा छ ।

आज राति लेभान्टेसँग प्रतिस्पर्धा गर्न लागेको रियालले जित हात पार्दै अन्तर घटाउन सक्छ । स्प्यानिश ला लीगाका अन्य खेलमा गएराति एथलेटिको मड्रिड स्प्यानोलसँग गोलरहित बराबरीमा रोकियो ।

सम्बन्धित शिर्षकहरु