तराईबासीले आज होली मनाउदै

फागुन २२ । आज तराईबासी नेपालीहरुले आज फागू अर्थात होली पर्व मनाइरहेका छन ।रङ्गहरुको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा मनाउने गरिन्छ । पहाडी तथा हिमाली जिल्लाहरुमा हिजो मनाइएको होली आज तराईमा मनाउने गरिन्छ ।साथीसङ्गी, आफन्तहरु जम्मा भएर होली खेल्ने गरिन्छ ।

दैत्यराज हिरण्यकश्यपुले विष्णु भक्तिबाट विजलित पार्न नसकेपछि आफ्ना पुत्र प्रल्हादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी बहिनी होलिकालाई दन्किरहेको आगोमा छोरा प्रह्लादसहित पस्न लगाउँदा होलिका भष्म भएको तर भक्त प्रह्लाद भने आगोबाट सकुशल निस्केको प्रसङ्ग पुराणमा उल्लेख छ ।

यसैको सम्झनास्वरुप शक्तिको दुरुपयोग गर्ने पाप प्रवृत्तिकी प्रतीक होलिका मारिएको उपलक्ष्यमा विजयी उत्सवका रुपमा होली मनाउने गरिन्छ । सरकारले हिजो होली मनाइने ५४ जि%

सम्बन्धित शिर्षकहरु