हिउँमा पुरिएर बाजुरामा तीनको मृत्यु, तीन वेपत्ता

काठमाडौं, बाजुराको जगत्राथ गाबिस स्थित भैरी लेकमा भारतबाट फर्कनेक्रममा हिउँमा कठ्याङ्ग्रिएर एक युवकको मृत्‍यु भएको छ । गोद्री–९ घर भएका २६ वर्षीय कलबहादुर शाहीको सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ । उनीसँगै आएका गोद्री–९ बस्ने ३४ वर्षीय सानो शाही, ३१ वर्षीय दमन शाही, ३१ वर्षीय दिर्गसिंह सम्पर्कबिहिन छन् । प्रहरी चौकी कुत्राको प्रहरीले उनीहरुको खोजी गरिरहेको छ ।

यसैगरी मुस्ताङ मुक्तिनाथ–७ र ८ स्थित कालोभीरदेखि केही तल हिऊँले पुरिएर भेडीगोठालाहरु बाग्लुङ निसी–५ बस्ने २४ बर्षीय रमेश बुढा र रुकुम घर भएकी २४ बर्षीया दिपा बि.क.को सोमबार मृत्यु भएको छ ।
साथै सो ठाउँमा प्रहरीले बाग्लुङ अधिकारीचौर–४ घर भएका भेडीगोठाला २८ बर्षीय चेतबहादुर कामीलाई बेहोश अवस्थामा उद्धार गरी स्थानीय होटेलमा लगेपछि होशमा आएका छन् ।

सम्बन्धित शिर्षकहरु