स्वाइन फ्लु रोक्थामका लागि सीमा नाकामा हेल्प डेस्क स्थापना

फागुन १४ ।कपिलवस्तु,स्वाईन फ्लुको संक्रमण रोकथामका लागि नेपाल-भारत सीमा नाका कृष्णनगर र मर्यादपुर नाकामा हेल्प डेस्क स्थापना गरिएको छ ।
जिल्ला बिपद व्यवस्थापन समितिको तौलिहवामा बसेको बैठकको निर्णय लगत्तै यी दुई नाकामा हेल्प डेस्क स्थापना गरिएको हो । जिल्ला स्वास्थ्य कार्यालयलले त्यस क्षेत्रका स्वास्थ्यकर्मीको टोलीहरुलाई राखेर हेल्प डेस्क संचालन गरेको जनाएको छ ।
नेपालमा समेत स्वाईन फ्लु संक्रमण देखिन थालेपछि गृह र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्षेत्रीय प्रशासन कार्यालयमार्फत प्रशासन कार्यालयलाई परिपत्र गरिए लगत्तै हेल्प डेस्क स्थापना गएिको हो ।
भारतसँग प्रत्यक्ष सिमाना जोडिएको नवलपरासीका ठाउँहरुमा पनि निगरानी गर्न थालिएको छ । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले सिमा नाकामा रहेका सशस्त्र, नेपाल प्रहरीलाई सतर्क रहन र संकास्पद व्यक्तिहरु देखेपछि र भारतबाट नेपाल छिर्ने हरुको नजिकको स्वास्थ केन्द्रमा जाँच गराउन निर्देशन दिएको बताउनुभयो ।

सम्बन्धित शिर्षकहरु