पिपल्स फाइनान्सका सञ्चालकमाथि ६४ वटा मुद्दा दायर

फागुन १३ ।काठमाडौ,पिपल्स फाइनान्सका सञ्चालक मनोज रिमाललाई प्रहरीले बैंकिङ कसुरसम्बन्धी ६४ मुद्दा दायर गरेको छ । एकै व्यक्तिविरुद्द प्रहरीले ६४ वटा मुद्दा दायर गरेको भएपनि सबै मुद्दामा उनी पाँच लाख धरौटी तिरेर छुटेका छन् ।

कर्जा प्रवाहमा अनियमितता गरेको भन्दै एक महिनाअघि पक्राउ परेका रिमालविरुद्द केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले गत साता मुद्दा दायर गरेको थियो । पुनरावेदन अदालत पाटनमा उनीविरुद्द छुट्टाछुट्टै मिसल बनाएर ६४ वटा मुद्दा दायर भएको थियो । सबैमा गरी करिब ७० करोड बिगो दाबी गरिएको थियो ।
तर,थुनछेक आदेशका क्रममा पाँच लाख धरौटी लिएर रिमाललाई छाड्न अदालतले आदेश दिएको छ । आदेशअनुसार उनी मंगलबार धरौटी बुझाएर छुटेका छन् । प्रवाह गरेको कर्जाको राफसाफ भएको कागजपत्र देखाएर उनी सामान्य धरौटीमा छुटेका हुन् ।

सम्बन्धित शिर्षकहरु