असनेपालन्युज। सिड्नी। कमल खनाल ।
एक यस्तो मनोरन्जनात्मक सन्ध्या जहाँं खारिएका नेपाली स्वरहरू गुन्जिने छन्। देउराली र भञ्ज्याङका भाका देखि नेपाली जीवन परिवेशका विभिन्न पक्षहरू संगितमा लयवद्द हुनेछन्। नेपालका साझा नाम बनिसकेका चर्चित कलाकारहरू नेपाली लोकगायक राजु परियार, लोक गायीका मीना लामा, हास्य कलाकार सुबोध गौतम र अभिनेत्री तथा आईटम डान्सर सुस्मा अधिकारी लगायतले आफ्नो प्रतिभा निखारेर प्रस्तुती दिने छन्। अस्ट्रेलियाको प्राय:सबै नेपाली वस्तिहरूमा देख्न पाइने यो साँझको आवश्यक तयारी पुरा भएको आयोजकहरूले बताए ।
यस ‘रामाइलो साँझ ‘ को वारेमा सिड्निको क्याम्पसीमा आयोजित एक पत्रकार सम्मेलनमा बताईयो ‘यो कार्यक्रम मनोरन्जनका लागि मात्र आयोजना गरिएको होइन अपितु नेपालको नवलपरासी र दाङका विपन्न परिवारलाई स्वरोजगार मुलक कार्यक्रमका लागि सहयोग गर्दैछौं।’ वहुसाँस्कृतिक कला प्रतिभालाई तपाईहरु सामू उपस्थित गराएर भरपूर मनोरञ्जन दिलाउने तयारीमा जुटेका छौं र बिभिन्न शहरमा रमाईलो साँझको तयारी पूरा भएको छ ‘-सो पत्रकार सम्मेलनमा कार्यक्रमका आयोजक शरद खरेलले बताउनु भयो । हामीले नेपालको पहिचान प्रवर्द्दनका लागि यो कार्यक्रम आयोजना गरेका हौं , सबै नेपाली समुदाय , पक्ष र वर्गका मित्रहरूलाई यो कार्यर्काममा साथ दिन अनुरोध गर्दछौ’-अयोजक खरेलले असनेपालन्युज समाचार सँग भन्नुभयो । मातृभूमि प्रतिको श्रद्धा र संस्कृति प्रतिको प्रेमले आयोजना गरिएको सो कार्यक्रमले विदेशमा बस्ने नेपालीहरूलाई नेपालको न्यास्रो मेटाउने अपेक्ष्या गरिएको छ । रेडियो जनादेश अष्ट्रेलियाले फेब्रुअरी अन्तिमदेखि मार्चको दोश्रो साता सम्म अष्ट्रेलियाका बिभिन्न शहरहरुमा आयोजना गर्ने रमाईलो साँझको भब्य तयारी पुरा भएको बताईएको छ । सो कार्यक्रम १५ मार्च २०१५ , साँझ छ बजे सिड्निको मराना अडिटोरियम हलमा प्रस्तुत हुंदैछ । सो कार्यक्रमको मिडिया पार्टनरमा अस्ट्रेलियाको पहिलो नेपाली समाचार अनलाइन ‘असनेपालन्युज डट कम’समेटा रहेको छ।
सो अवसरमा प्रस्तुत गरिएको प्रेश विज्ञप्ती को पूर्ण विवरण यसप्रकार छ :
यस रात्री भोजमा उपस्थित हुनुभएका सबै पत्रकार साथीहरु तथा यहाँ स्थित नेपाली समाजका प्रतिनिधि साथीहरुमा रमाईलो साझ आयोजकका तर्फबाट हार्दिक अभिवादन व्यक्त गर्दछु ।
यहाँहरु सबैलाई थाहै छ, हामी हाम्रो मातृभूमिबाट धेरै टाढा छौं, तर पनि हामीले कामपछि आरामका लागि लाग्ने निद्रामा पनि आफ्नो मातृभूमिका पाखा पखेरा, लेकबेशी र घरवारीमा भएको सपना देख्छौं । बहुसाँस्कृतिक यो देशमा हामी हाम्रो मातृभूमिका वहुसाँस्कृतिक परिवारका छोराछोरी आएर रमाईरहेका छौं । यो फूलवारीलाई साँच्चै अझ सुन्दर बनाउन तपाई हाम्रो यस भूमिमा भएको उपस्थिति र क्रियाशिलताले पनि महत्वपूर्ण भूमिका खेलेको छ । यहाँ रहेका नेपाली सामाजिक फूलवारीका सबै पुष्पहरुको सु स्वास्थ्यको कामना गर्दछु । र सबैको प्राज्ञिक, रोजगारी, व्यापार र समाजसेवामा उच्च प्रगतिको कामना गर्दछु ।
अष्ट्रेलियामा रहेको नेपाली समाजले आफ्नो मातृभूमि र मातृ संस्कृतिलाई कहिल्यै बिर्सेको छैन र बिर्सने पनि छैन । मातृभूमि प्रतिको श्रद्धा र संस्कृति प्रतिको प्रेमले हामीले यो भूमिमा हाम्रो संस्कृति र कलालाई सम्मान गर्न विबिध कार्यक्रमहरु गर्ने गरेका छौं । एक हिसावले यस्ता कार्यक्रमले हामी हाम्रो देश भन्दा वाहिर छौं भन्ने कुरा पनि हामीलाई विर्साउने गरेका छन् । यो विर्साएको नभई हाम्रो कला संस्कृतिको प्रेममा झन गहिरो सँग ब्यस्त बनाएको हो ।
हामी यसपटक तपाईलाई वहुसाँस्कृतिक कला प्रतिभालाई तपाईहरु सामू उपस्थित गराएर भरपूर मनोरञ्जन दिलाउने तयारीमा जुटेका छौं । र बिभिन्न शहरमा रमाईलो साँझको तयारी पूरा भएको छ । यसपटक नेपालका चर्चित लोक तथा दोहोरी गायक राजु परियार र गायीका मीना लामाको लोक दोहोरी र देशप्रेमका गीतका साथै चर्चित युवा कमेडियन सुवोध गौतमको बेजोड हास्य व्यंग्य प्रस्तुती हामी पस्कदै छौं । त्यस्तै रमाईलो साँझमा नेपाली रंग क्षेत्रकी नयाँ अभिनेत्री तथा चर्चित आईटम डान्सर सुस्मा अधिकारीको नृत्यले हामी सबैलाई भरपूर मनोरञ्जन दिने छ ।
यस अवसरमा म यहाँहरुलाई यो पनि जानकारी दिदैछु कि हाम्रो यो रमाईलो साँझ कार्यक्रमको उद्देश्य मनोरञ्जन मात्र होईन । हामीले हाम्रो सामाजिक दायित्व पनि पुरा गर्नु पर्नेछ । हामी यहाँ स्थित नेपाली दाजुभाई दिदीबहिनीहरु कुनै न कुनै रोजगारीमा छौं । सबै नेपाली हाम्रा आफन्त र परिवारका सदस्य हुन् । हामीले यसपटक नवलपरासी र दाङका विपन्न परिवारलाई स्वरोजगार मुलक कार्यक्रमका लागि सहयोग गर्दैछौं । त्यसैले पनि हामीले यो कार्यक्रम भव्यता पूर्वक सफल पार्न सहयोय गरिदिनुहुन सबैलाई विशेष अनुरोध गरेका छौं ।
विशेषगरी यहाँ स्थित नेपाली समाजका अगुवाहरु, संञ्चारकर्मीहरु, व्यापारी, विद्यार्थी, समाजसेवी सबैलाई फेरी पनि हाम्रो यस कार्यक्रममा सरिक भई सफल पारीदिनुहुन हार्दिक अनुरोध गर्दछौं । धन्यवाद ।
शरद खरेल
आयोजक
रमाईलो साँझ अष्ट्रेलिया








