नेपाली महिला साहित्यकारहरुको विश्व विस्तारिकरण तथा उनीहरुको सिर्जना र प्रतिभालाई समान रुपले विश्व सामु चिनाउने प्रयासलाई अगाडि बढाउने हेतुले अनेसास महिला समिति गठन गरिएको छ ।
अनेसास बोर्ड अफ ट्रष्टीका सह-उपाध्यक्ष तथा पूर्व अध्यक्ष गीता खत्री (न्युयोर्क) को संयोजकत्वमा समिति गठन भएको हो । जसको सह-संयोजकमा उन्नति बोहोरा शिला (नेपाल) र सीता पाण्डे (वाशिंगटन डिसी ) रहनु भएको छ भने सदस्य-सचिबमा शकुन्तला ज्ञवाली (न्युयोर्क )रहनु भएको छ ।
यसैगरी सदस्यहरुमा विमला निरौला, (मेरिल्याण्ड ), लक्ष्मी राई (लारा) (बेलायत ) समाश्री (इजरायल) पुनम काफ्ले (न्युजर्सी), गंगा लिगल (टेक्सास), लतिका जोशी (भारत), जीवन अर्याल (जापान), ममता कर्माचार्य (बोष्टन), सुजाता क्षेत्री (फ्रान्स), रोजी भट्टराई (अष्ट्रेलिया) रहनु भएको छ ।
अनेसासका अध्यक्ष पदम विश्वकर्माको अध्यक्षतामा पछील्लो समयमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।








