फागुन ६ । भीमदत्तनगर,हालसम्म डडेल्धुराबाट रोजगारीको लागि विदेश पलायन हुने युवाको सङ्ख्या बढ्दै गएको छ ।
डडेल्धुराबाट ४६ महिला र ८ हजार २६१ गरी आठ हजार ३०७ जना वैदेशिक रोजगारीमा गएको स्थानीय विकास अधिकारी कमलराज भण्डारीले बताउनुभयो ।श्रम तथा रोजगार मन्त्रालयले यहाँ आयोजना गरेको वैदेशिक रोजगारसम्बन्धी अनुशिक्षण कार्यक्रममा उक्त्त कुराको जानकारी दिनु भएको हो ।
कार्यक्रममा मन्त्रालयका शाखा अधिकृत हीरादेवी पौडेलले प्रतिवर्ष चार लाख ५० हजार युवा श्रम बजारमा पुग्ने गरेको जानकारी दिनुभयो । उहाँले दैनिक एक हजार ५०० देखि दुई हजारसम्म युवा नेपालबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने गरेको र उक्त सङ्ख्या अहिलेसम्म ३७ लाख नाघिसकेको बताउनुभयो ।
कार्यक्रममा सहभागीहरुले वैदेशिक रोजगारी सुरक्षित हुन नसकेको भन्दै चिन्तासमेत व्यक्त गरेका छन् ।








