६४ वर्षीया महिलाको खुकुरी प्रहारबाट अर्की एक महिलाको मृत्‍यु

फागुन ३ ।चौतारा,सिन्धुपाल्चोक जिल्लाको तातोपानी गाविसमा ६४ वर्षीया महिलाको खुकुरी प्रहारबाट अर्की एक महिलाको मृत्‍यु भएको छ ।हिजोसाझँ गाविसको वडा नम्बर ३ का ६४ वर्षीय शान्तीमाया तामाङले खुकुरी प्रहार गर्दा स्थानीय ६० वर्षीय चर्कुली थामीको ज्यान गएको कोदारी चौकीका इन्चार्ज प्रहरी निरीक्षक केशव कुमार शाहले जानकारी दिनुभयो ।

घरायसी विवादलाई लिएर तामाङले खुकुरी प्रहार गर्दा घाइते थामीको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि काठमाडौतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
तामाङलाई प्रहरीले साँझ नै नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक शाहले बताउनुभयो ।

सम्बन्धित शिर्षकहरु