पोलेथिन झोला प्रयोग गर्ने व्यापारी कार्बाहीमा परे

फागुन १ । इलाम,इलाम नगरपालिकामा पोलेथिनको झोला प्रयोग गर्ने व्यापारीहरुलाई कारबाही गरिएको छ । पोलेथिन झोला मुक्त इलाम नगरपालिकामा पोलेथिन झोला बिक्री वितरण तथा प्रयोग निषेधित रहेको जानकारी भए पनि अटेर गरेर प्रयोग गर्ने व्यापारी कारबाहीमा परेका हुन् ।

अनुगनमा रहेको इलाम नगरपालिकाको नगरप्रहरीको टोलीले व्यापारुहरु मनोज मल्लिक, सेरबहादुर शिवा, बीबी शाही, केशव कटुवाल र शैलेश बस्नेतलाई कारबाही गरिएको हो ।
उनीहरुलाई जनही २ सय रुपैयाँका दरले जरिवाना गरिएको इलाम नगरपालिकाका प्रशासकीय अधिकृत रामकुमार शाहले जानकारी दिनु भयो ।

सम्बन्धित शिर्षकहरु