माघ २७ । काठमाडौं, प्रधानमन्त्री सुशील कोइरालाले नयाँ संविधान छिटो जारी गर्ने काममा अग्रसर हुन सबै दलहरुलाई आग्रह गर्नु भएको छ ।
नेपाल मजदूर किसान पार्टीले आज बुझाएको ध्यानाकर्षण पत्र बुझ्दि प्रधानमन्त्री कोइरालाले एकीकृत नेकपा माओवादी लगायत सबै राजनीतिक दललाई देश र जनताप्रति जिम्मेवार बनेर संविधान निर्माणको राष्ट्रिय दायीत्व पूरा गर्न आग्रह गर्नु भएको हो ।
प्रधानमन्त्री कोइरालाले संविधान निर्माण सहमतिमै होस् भनेर आफूले अन्तिम समयसम्म प्रयास गरेको बताउनु भयो ।
एकापसमा बनिसकेको समझदारी केही नेताहरुको अनावश्यक हठले अन्तिम समयमा बिग्रन गएको पनि उहाले जानकारी दिनु भएको थियो ।
आपसी सहमति र समझदारीमा नै संविधान निर्माण गर्नको लागि एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको मोर्चालाई वार्तामा नआएकोमा दु:ख व्यक्त्त गर्नु भएको थियो ।








