चन्द माओवादीले आह्वान गरेको बन्द फिर्ता

माघ २६ ।चौतारा, नेत्र बिक्रम चन्द माओवादीले सोमबार गर्ने भनेको सिन्धुपाल्चोक जिल्ला बन्दको कार्यक्रम फिर्ता लिएको छ ।
चन्द माओवादीले यसअघि माथिल्लो भोटेकोसी जलबिद्युत आयोजनासँग ६ प्रतिशत लिने गरी गरेको सम्झौता खारेज गर्न माग गर्दै जिल्ला बन्द गर्ने बताएको थियो ।
तर अहिले बन्द फिर्ता लिएर चरणबद्ध अरु संघर्षका कार्यक्रम गर्ने भन्दै बन्दको कार्यक्रम फिर्ता लिएको हो ।

सम्बन्धित शिर्षकहरु