किराँती परम्परा अस्ट्रेलियासम्म

अस्ट्रेलियामा बसोबास गर्दै आएका किरात समूदायले मनोरञ्जनात्मक कार्यक्रम “येले दोंग नाईट” सम्पन्न गरिएको छ। किराँत खुम्बु राई समाजले शनिबार साँझ आयोजना गरेको यो कार्यक्रम किराँतीहरुको ५०७५ नयाँ वर्षको अवसरमा गरिएको हो ।

पिटरशाम टाउन हलमा आयोजना गरिएको येले दोंग नाईट कार्यक्रमको प्रमुख अतिथि न्यू साउथ वेल्सका लागि नेपाली अवैतनिक महावाणिज्यदूत दीपक खड्का हुनुहुन्थ्यो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि खड्काले अष्ट्रेलियामा आएर पनि यति पुरानो परम्परालाई स्मरण गर्नु प्रशंसनीय भएको बताउनुभयो । यसैगरी अन्य विविन्न संघ संस्थाका प्रतिनिधि पनि कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा संघीय समाज अष्ट्रेलियाका अध्यक्ष गणेश तामाङ, आदिवासी जनजाति मञ्च अष्ट्रेलियाका अध्यक्ष चित्र तुम्बाहाम्फे र किराँत खुम्बु राई समाजका अध्यक्ष शशीचन्द्र राईले नयाँ वर्षको सबैलाई शुभकामना दिनु भयो । औपचारिक कार्यक्रमपछि विभिन्न नृत्य, गीत लगायतका मनोरञ्जनात्मक प्रस्तुतिहरु देखाइएको थियो ।

सम्बन्धित शिर्षकहरु