गाडी भाडा घटाउन विद्यार्थी संगठनहरुको दवाव

Studentsमाघ २४ । काठमाडौ, सत्तारुढ दलका विद्यार्थी संगठनले सार्वजनिक सवारी साधनको भाडा घटाएर वैज्ञानिक मुल्य दर कायम गर्न सरकारलै दवाव दिएको छ ।पेट्रोलियम पदार्थको मूल्य लगातार घटिरहेको अवस्थामा सार्वजनिक यातायातको भाडा घटाउन माग गर्दै बिद्यार्थीहरुले तीन दिनको अल्टिमेटम दिएका छन् ।अनेरास्ववियुको केन्द्रीय कार्यालय बागबजारमा शनिबार विहान बसेको संयुक्त विद्यार्थी संगठनको बैठकले विभिन्न समयमा सरकारसँग भएको सहमति कार्यान्वयन गर्न पनि माग गरेको हो ।

ग्यासको कृत्रिम अभाव अन्त्य गरी ग्यासमा दोहारो मूल्य कायम गर्नेबारे सरकारसँग भएको सहमति पनि तत्काल कार्यान्वयन गर्न विद्यार्थी संगठनहरुले माग गरेका छन् ।

यस्तै, सीटीईभीटीमा बढाइएको शुल्क फिर्ता, पोखरा विश्व विद्यालयमा देखिएको समस्या समाधान गरी परीक्षा सञ्चालनको वातावरण निर्माण गर्न पनि उनीहरुले अनुरोध गरेका छन् ।
वैठकपछि अनेरास्ववियु, नेवि संघ, अखिल छैठौं लगायत ६ विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै जनआन्दोलनका घाइतेलाई त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्ने सुविधा कटौती गरी शुल्क लिने निर्णय खारेज गर्न पनि माग गरेका छन् ।

सम्बन्धित शिर्षकहरु