बैंकका सुरक्षागार्डको हत्या

अज्ञात समूहले उदयपुरको त्रियुगा नगरपालिका -११ जलजले स्थित सनराइज बैंकका सुरक्षागार्डको हत्या गरेको छ । उक्त्त हतियाराधारी समूहले उदयपुर सिमेन्ट परिसर भित्र रहेको सनराइज बैंकका सुरक्षागार्ड खेमबहादुर बानियाँको घाटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ ।त्यो समूहले त्रियुगा नगरपालिका ८ का बानियालाई बैंकको शौचालयमा थुनेर हत्या गरेको प्रहरीले जनाएको छ ।
हतियार सहित आएका उनीहरुले बैंक समेत तोडफोड गरेका छन् ।बैंकमा कुनै लुटपाट भएको छैन ।
बैंक लुट्ने उद्देश्यले आक्रमण भएको हुन सक्ने प्रहरीको अनुमान छ । अहिले घटनाको अनुसन्धान भैरहेको र कुकुरको सहयोगमा आक्रमणकारीको खोजी थालिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु