अस्ट्रेलियाली कृषकले फलाए ७४३ किलोको फर्सी

माघ १९ ।सिड्नी,अस्ट्रेलियाको न्यु साउथ वेल्स स्टेटमा आयोजित कृषि मेलामा ल्याइएका फर्सीमध्ये अस्ट्रेलियाली किसान डाले ओलिभेरले उत्पादन गरेको ७४३ किलोको फर्सी प्रदर्शन गरेर नयाँ रेकर्ड कायम गरेका छन् । यो फर्सी अस्ट्रेलिया र न्युजिल्याण्डको अहिलेसम्मको सबैभन्दा ठूलो तौलको रहेको बताइएको छ । सो फर्सीको तौल ७४३ किलोग्रामको भएको कृषिसम्बन्धी कार्यालयले पुष्टि गरेको छ ।

उत्तरी न्यु साउथ वल्समा भएको फर्सी प्रतियोगितामा ७४३ किलोग्रामको फर्सी उत्पादन गरी डाले ओलिभेरले सो प्रतियोगितामा विजय हासिल गरेको छ । अस्ट्रेलियाको न्यु साउथ वेल्स स्टेटमा आयोजित कृषि मेलामा ल्याइएका फर्सीमध्ये सो फर्सी सबैभन्दा ठूलो भई पुरस्कृत भएको हो । सो क्षेत्रका एकजना किसान ओलिभेरले बढी किलोग्रामको फर्सी उत्पादन गरी राष्ट्रकै एक प्रमुख उत्पादनकर्ताको पुरस्कार प्राप्त गरेका छन् । उनले यसअघि सन् २०१३ का ५४७ किलोग्रामको फर्सीको रेकर्डलाई तोडेर ६१९ किलोको फर्सी उत्पादन गरी रेकर्ड कायम गर्न सफल भएका थिए । ओलिभरका अनुसार उनले यो फर्सी करिब ८० दिनमा उत्पादन गरेका थिए ।गिनीज बुक अफ बर्ल्ड रेकर्डमा भने एक हजार ५४ किलोग्रामको फर्सीको संसारको सबैभन्दा ठूलो फर्सीका रुपमा दर्ता भएको छ ।संसारको सबैभन्दा ठूलो सो फर्सी स्वीजरल्याण्डका बेनी मैएरले उत्पादन गरेका हुन् ।

सम्बन्धित शिर्षकहरु