बन्चरोले हानेर श्रीमतीको हत्या

माघ १९।गोरखा,तनहूँको पुर्कोट बगाले गाउँका मेत्तर नेपालीले बन्चरो प्रहार गरेर श्रीमतीको हत्या गरेका छन
५२ वर्षीय मेत्तरले ४२ वर्षीया चन्द्रकुमारीको आइतबार टाउकोमा बञ्चरोले हानेर हत्या गरेको प्रहरीले जनाएको छ । हत्यापछि पक्राउ परेका उनले प्रहरीसँगको प्राराम्भीक बयानमा पत्नीको हत्या गरेको स्वीकारेका छन् ।

आइतबार अपरान्ह चार बजे बन्चरो हानिएपछि घाइते चन्द्रकुमारीको तनहूँको तुरतुरेस्थित एक पोलिक्लिनिकमा उपचारको क्रममा साँझ ६ बजे मृत्यु भएको हो ।पत्नीको हत्या गरी भागेका मेत्तरलाई गोरखाको पालुङ्टार–७ कदेलीमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरी सोमबार जिल्ला प्रहरी कार्यालय गोरखा ल्याइएको छ ।
गोरखाको पालुङ्टार–४ बडहरेस्थित माइतीमा बस्दै आएकी ४२ वर्षीया चन्द्रकुमारी र तनहूँको पुर्कोट बगालेगाउँमा बस्दै आएका मेत्तरबीच घरायसी झगडा भएको थियो ।

प्रक्रियालाई सहज बनाउन असहमति रहेका संविधानका अन्तरवस्तुमा प्रश्नसहितको प्रस्ताव तयार गर्न संविधानसभाले प्रस्ताव समिति गठन गरेको थियो ।

सम्बन्धित शिर्षकहरु