निश्चित सर्त राखेर मात्र नागरिकता पाउनु पर्ने अस्ट्रेलियाका नेपालीहरुको तर्क

अस्ट्रेलियामा रहेका विभिन्न नेपाली संघ सङठनका प्रतिनिधिहरुले नेपाल बाहिर रहेका नेपालीले केही निश्चित सर्तहरुको अधिनमा रही नेपाली नागरिकता पाउनु पर्ने बताएका छन । संघीय समाज अष्ट्रेलियाको आयोजनामा भएको कार्यक्रममा विभिन्न वक्ताहरुले प्रस्तुत गरेको कार्यपत्रमा यस्तो माग गरेका हुन ।  संघीय समाज अष्ट्रेलियाको आयोजनामा भएको कार्यक्रममा विदेशी नागरिकता लिइसकेका नेपालीलाई नेपालको नागरिकतामा निरन्तरता दिइनुपर्छ या पर्दैन भन्ने विषयमा कार्यक्रममा बहस गरिएको हो ।
अन्तरक्रिया कार्यक्रममा विद्यावारिधिको निम्ति अष्ट्रेलिया आउनुभएकी लक्ष्मी तमाङ्गले नागरिकताको निरन्तरताका विषयमा कार्यपत्र प्रस्तुत गर्दै, कसैको स्वार्थका लागि, व्यक्तिगत सुविधाका लागि नागरिकताको निरन्तरता भन्दा पनि देशको सुरक्षा, विदेश नीति र समग्रमा देशकै हितमा उनीहरुले गर्नसक्ने योगदानको लेखाजोखाबाट मात्रै नागरिकताको निरन्तरता दिन सकिने बताउनु भयो ।
उहाँले अहिले पनि देशको निम्ति विशिष्ठ योगदान दिने विदेशीहरुलाई अंगीकृत नागरिकता दिन सकिने भन्दै आफ्नो सुख, सुविधाको निम्ति विदेशिएकाहरुालई स्वतस् दोहोरो नागरिकता दिने प्रावधान कहीँपनि नभएको तर्क गर्नु भयो । इन्जिनियर डा ज्ञानेन्द्र रेग्मीले विभिन्न देशले दोहोरो नागरिकतालाई मान्यता दिएको भन्दै नेपाल सरकारले समेत अबको संविधानमा नै गैरआवासीय नेपालीलाई समेट्ने कार्यक्रम ल्याइरहेको बेला यस्तो तर्क गर्नु र विरोध हुनु राम्रो नभएको बताउनुभयो। यस्तै सञ्चारकर्मी भीमसेन सापकोटाले राजनीतिक उच्च पदमा बहाली तथा मतदान अधिकार बिषयमा निश्चित प्रवधान तोकेर दोहोरो नागरिकता दिँदा देशलाई घाटा नहुने बताउनुभयो। यस्तै नेपाली आदिवासि जनजाति मन्च निन्फा का अध्यक्ष चित्र तुम्बाहाम्फे ले दोहोरो नागरिकता को माग जायज नभएको भन्दै एन आर एन ले आवश्यक विश्लेषणनै नगरि यो एजेण्डा ल्याएको र दोहोरो नागरिकता देशका लागि हानीकारक हुने बताउनुभयो। नेपाली काँग्रेसको भ्रातृ संगठन जनसम्पर्क मञ्च अष्ट्रेलियाका आङ छिरिङ्ग शेर्पाले आफ्ना सन्ततीलाई विदेशजान वाध्य पार्ने र फर्केर आफ्नै घरको सेवा गर्छु भन्दा उल्टो अंश नदिने भन्नु सरासर गलत भए जस्तै दोहोरो नागरिकता सबै नेपालीको अधिकार भएको बताउनुभयो। एमाले निकट प्रवासी नेपाली मञ्चका उपाध्यक्ष सन्तोष दाहाल, एमाओवादी निकट जनप्रगतिशिल मन्चका हिमालाल गैरे, नेपाली संघीय समाज अस्ट्रेलियाका अध्यक्ष गणेश तमाङ, लगायतले आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रम नोपली समूदायका अगुवा डा नारायण प्रधानको सभापतित्वमा सम्पन्न भएको थियो।

सम्बन्धित शिर्षकहरु