समथिङको ‘ओह् माइ गड सेक्स’२२ पत्रकारले सार्वजनिक गरे

माघ १७ ।पाँचथर,यौन बिज्ञानका बिषयमा कलम चलाउने लेखक सम्थिङ रामप्रकास २२ औ कृति ‘ओ माइ गड सेक्स’ २२ जना पत्रकारले शनिबार सार्वजानिक गरेका छन । पाँचथरको फिदिममा रहेर साहित्य लेखनमा संलग्न सम्थिङको कृति ‘ओ माइ गड सेक्स’२२ औं कृति भएकाले २२ पत्रकारबाट सार्वजानीक गराईएको लेखक सम्थिङले बताउनु भयो । फिदिममा आयोजित कार्यक्रममा सम्थिङको कृतिलाई नेपाल पत्रकार महासंघ शाखा पाँचथरका अध्यक्ष सहित कार्य समितिका सदस्य, पुर्व अध्यक्षहरु र जिल्लाका क्रियाशिल पत्रकारहरुबाट कृति बिमोचन गराईएको हो ।
नेपाल पत्रकार महासंघका साधारण सदस्य, पुर्व कोषाध्यक्ष र केन्द्रिय पार्सद समेत भइसक्नु भएका सम्थिङले यस अघि यौन बिषय सँगै  तथ्याङक र जानीतिक बिषयमा पुस्तक प्रकाशन गरिसक्नु भएको छ । जिल्लाबाट प्रकाशन हुने दैनिक पत्रिकामा नियमित यौनका बिषयमा स्थम्ब प्रकाशन गरेर गरेर चर्चा र आलोचना बटुल्नु भएका सम्थिङको २२ औ कृति ओ माइ गड सेक्समा नेपालको पछिल्लो सामाजिक अवस्थामा नीतिगत तवरमा बन्धेज लगाइएको खुल्ला सेक्सको आवस्यकतालाई जोडदार माग गरिएको छ ।बजारमा दैनिक आवश्यकताका सामान जसरी किनेर खान पाइन्छ सेक्सको बिषय पनि खुल्ला हुनु पर्छ, सम्थिङले भन्नु भयो, “ब्यवस्थित गरेर खुल्ला गर्नु पर्छ भन्ने मेरो लेखनको अभियान हो ।” जति बन्धेज लगायो उती नै बिक्रिति बढ्ने हुँदा बन्देज भन्दा पनि त्यसलाई ब्यवस्थित गर्न जरुरी रहेको उनको भनाई छ ।
निरन्तरको आलोचना सहेर भए पनि आफुले थालेको लेखन बिधालाई नछोड्ने बताएका सम्थिङले नीति निर्माणको तहमा त्यसलाई पुर्याउनु पर्ने बताउनु भयो ।  नेपाल पत्रकार महासंघ शाखा पाँचथरको संयोजनमा भएको कार्यक्रममा बोल्दै महासंघका जिल्ला अध्यक्ष लबदेव ढुँगानाले यौनको बिषय लेखेर सम्थिङले समाजमा रहेको बन्धेजको अवस्थालाई उजागर गर्न खोजेको बताउनु भयो ।कार्यक्रममा सहभागीले कृतिलाई समाज परिवर्तनको सम्बाहक भन्दै परिवारमा यौनका बिषयमा चर्चा गर्न नहुने मानसिकताबाट माथि उठ्न जरुरी रहेको धारणा राखे ।
यस्तै आफनो २२ औ पुस्तक ओ माइ गड सेक्स बजारमा ल्याएका यौन लेखक रामप्रकाश सम्थिङले जिल्लामा रहेका अध्ययन केन्द्रका लागि १ लाख २० हजार मुल्यका पुस्तक प्रदान गरेका छन । पुस्तक सार्वजानीक कार्यक्रमको अवसरमा लेखक सम्थिङले ४ बिधाका ४ सय ८० थान पुस्तक केन्द्रलाई दिनु भएको हो । विमोचित सम्थिङका यो पुस्तक जिल्लाका २४ बटा अध्ययन केन्द्रमा पुस्तक पुर्याउने ब्यवस्था गरिएको छ ।

सम्बन्धित शिर्षकहरु