जन्ती बस पल्टदा बालिकाको मृत्‍यु

माघ १७ ।चरिकोट,दोलखामा ड्राइभरले मदिरा सेवन गरेर चलाएको कारण जन्ती बस दुर्घटना भएको छ । दुर्घटनामा परी एक बालिकाको ज्यान गएको छ ।रामेछापको बेतालीबाट दोलखाको मिर्गे–२ जैनालुमा विहे लिएर आएको बा२ख ६५७९ नम्बरको अरनिको यातायातको जन्तीबस फर्कने क्रममा जैनालुमै शनिबार बिहान दुर्घटना हुँदा दैलेख घर भएकी ४ वर्षीया बालिका प्रिती खड्काको ज्यान गएको हो ।
अनियन्त्रित भई सडकबाट एक कान्लामुनि बस खस्दा त्यसमा सवार अन्य यात्रु सामन्य घाइते भएका छन् । बसमा सवार बेहुला बेहुली भने सुरक्षित रहेको दोलखा प्रहरीले जनाएको छ ।
दुर्घटनापछि बसका ड्राईभरलाई प्रहरीले घटनास्थलबाटै नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका ड्राईभर मातेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उ

सम्बन्धित शिर्षकहरु