माघ १५ ।भक्तपुर,सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले संविधानसभा प्रक्रियामा गएकाले अब संविधान बन्नेमा ढुक्क हुन आग्रह गर्दै अब यो संविधानले संविधानसभाबाट संविधान दिन नसके नेपालमा संविधानसभाबाट कहिल्यै पनि संविधान आउन नसक्ने ठोकुवा गर्नुभएको छ ।
रफत सञ्चार क्लब भक्तपुरले बिहिवार गरेको साक्षातकार कार्यक्रममा उहाँले यो सहमतिमा संविधान जारी गर्न सक्ने अवस्था देखा नपरेकाले प्रक्रियामा गएर भए पनि संविधान जारी गर्ने बताउनु भयो ।
मन्त्री पण्डितले भन्नु भयो सभासदहरुलाई हप्ताको एक दिन बाहेक अन्य दिन संविधानसभा भित्रै राखेर हरेक किसिमका सुविधा दिई संविधान निमार्ण तर्फ केन्द्रित बन्न गरेको आग्रहलाई सभामुखले अमानविय भनेता पनि यसको विकल्प अर्को देखा पर्न नसक्दा संविधान निमार्ण हुन नसकको हो ।
नेपालमा प्रशासनिक क्षेत्रमा भ्रष्टाचार भएको स्वीकार गर्दै मन्त्री पण्डितले आफूले सकेसम्म निजामति सेवालाई भ्रष्टाचार मुक्त क्षेत्र बनाउन लागि परको भन्दै कारवाही गर्ने बेला विभिन्न किसिमका अवरोध देखा पर्ने बताउनु भयो । नेपालका सहसचिवहरु एक वर्षमा २२० दिनसम्म पनि विदेश बस्ने रोगले ग्रस्त बनेका र विदेशमा सिकेको ज्ञान नेपालमा नगर्दा समस्या माथि समस्या देखा परेको उहाँको टिप्पणी थियो । प्रशासैनिक क्षेत्रको काम कारवाहिलाई चुस्त र दुरुस्त पार्न थालेको प्रयासले अव केहि समयमै सार्थक पाउने उहाँको दावी थियो । मन्त्री पण्डितले नेपालको कानुन फित्तलो भएकाले कुनै पनि नीति लागू हुन नसकेको र लागूको प्रक्रिया अगाडि बढेको बताउनु भयो ।
नेपाल सबै जात जातीको साझा थलो भएका र मधेशको सवालमा जसरी मधेशबादी नेताहरुले आवाज उठाई रहेका छन् यसलाई नियाल्दा उनीहरुको जमीन तराईमा भन्दा काठमाडौंमा बढी रहेको उहाँको दावी थियो । नेपाल टुक्राउन लागि परेकाहरुलाई विदेशी कुटनीतिकहरुले जसरी साथ दिने प्रयास गरिरहेका छन् त्यो नेपाल र नेपालीका लागि कदापी स्विकार्य नभएको उहाँको जिकिर थियो ।








