प्रधानमन्त्रीले आन्दोलित दलहरुसँग वार्ता गर्ने

Sushil-koirala-माघ १४ ।काठमाडौ, विपक्षी मोर्चाले वार्ता नगर्ने अडान राखेपनि प्रधानमन्त्री सुशिल कोइरालाले आज पनि उनीहरुसँग वार्ताको प्रयास जारी राख्ने बताउनु भएको छ । यसअघि हिजो सत्तारुढ दलहरुको तर्फबाट संयुक्त विज्ञप्ति जारी गरी औपचारिक वार्तामा आउन आग्रह गर्दै प्रश्नावली समितिमा बस्न आग्रह गरिसकेका छन् । तर विपक्षीले भने वार्ता नगर्ने अडान यथावत राखेपछि प्रधानमन्त्रीले आज थप प्रयास थाल्नुहुने कांगे्रस प्रवक्ता दिलेन्द्रप्रसाद बडुले जानकारी दिनुभयो ।
आज प्रधानमन्त्रीले एकपक्ष, दुईपक्ष र नेताहरुसँग पनि छुट्टाछुट्टै छलफल र कुराकानी गर्ने तयारी गर्नुभएको पनि उहाँले बताउनुभयो ।
सत्तारुढ दलहरुको आडमा सभाध्यक्षले एकलौटीरुपमा बहुमतीय प्रक्रिया सुरु गरेको भन्दै विपक्षी मोर्चाले सरकार, सत्ताधारी दल र सभाध्यक्षलाई असहयोग गर्ने निर्णय गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरिसकेको छ ।

सम्बन्धित शिर्षकहरु