सत्ता पक्षले वार्तासँगै प्रक्रियालाई अघि बढाउने

काठमाडौँ,सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेले सहमतिको लागि विपक्षी दलहरु सँग वार्ता गर्दै संविधान निर्माणको प्रक्रियालाई अघि बढाउने निर्णय गरेका छन ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको दुई दलको बैठकले प्रकृयाबाट संविधान जारी गर्ने अडान कायम राख्दै  संविधानसभामा फरक मत राख्ने एमाओवादीसहितका विपक्षी दलहरुसँग सहमतिको लागि वार्ताको ढोका खुल्ला राख्ने निर्णय गरेको हो ।

संविधान निर्माण प्रक्रियालाई कसरी अघि बढाउने भन्नेबारे दुबै दलले मंगलबार संविधान निर्माणमा सहभागी अन्य दलहरुसँग पुनः छलफल गरी निर्णय लिइने काँग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिनुभयो ।

सम्बन्धित शिर्षकहरु