नेकपा एमाले चितवनका सल्लाहकार शिववहादुर भट्टको निधन

माघ ७ ।चितवन,नेकपा एमाले चितवनका सल्लाहकार शिववहादुर भट्टको बुधवार निधन भएको छ ।लामो समयदेखि नसा सुक्दै जाने रोगवाट पीडित भट्टको बिहान ३ बजे नारायणी नगरपालिका वडा नम्वर २ मेघौली तेलौली स्थित निवासमा निधन भएको हो ।

भट्टका एक छोरा ,एक छोरी र श्रीमति हुनुहुन्छ । छोरा निरज भट्ट बिरेन्द्र वहुमुखी क्याम्पसका स्ववियु सभापति हुनहुन्छ । स्वर्गीय भट्टको आजै अन्त्योष्टी गरिने भएको छ ।

सम्बन्धित शिर्षकहरु