एनआरएन लाई दोहोरो नागरिकताको सबालमा सिड्नीमा अन्तरक्रिया हुने

Invitationमाघ ५, सिड्नी- गैर आवाशीय नेपालीको काठमाडौँमा बर्षेनी हुने सम्मेलनमा उठ्ने दोहोरो नागरिकताको सवालका बिषयमा सिड्नीमा अन्तरक्रिया गरिने भएको छ । नेपाली संघिय समाज अस्ट्रेलियाले आउदो जनवरी २५ मा आयोजना गर्न लागेको सो अन्तरक्रिया प्रिन्सेस हाइवेस्थित एभरेष्ट तन्दुरी फंक्सन सेन्टरमा गरिने आयोजकले जानकारी दिएका छन् ।

अन्तरक्रिया गैर आवाशीय नेपालीको माग के हुने भन्नेमा केन्द्रित हुने छ । आयोजकले दिएको जानकारी अनुशार छलफलमा ३ वटा बिकल्पमाथि गम्भीर छलफल हुने छ। पहिलो बिकल्प दोहोरो नागरिकता राखिएको छ भने दोश्रो बिकल्प “एकपटकको नेपाली सधैको नेपाली” भन्ने राखिएको छ । त्यसै गरी तेस्रोमा नेपाली नागरिकता राखिरहने बिकल्प दिइएको छ ।

यो अन्तरक्रिया कार्यक्रम दोहोरो नागरिकताको बिषयमा सिड्नीमा रहेका गैर आवाशीय नेपालीका बीच समान धारणा विकास गर्नु र फरक बुझाइमा एकरुपता ल्याउनु रहेको आयोजकले जानकारी दिएको छ ।

असनेपाल न्युज डट कम यो अन्तरक्रियाको बिशेष सहयोगीको रुपमा आफ्नो भूमिका निर्वाह गर्दै छ 

सम्बन्धित शिर्षकहरु