राजधानीका नौ स्थान निषेधिन क्षेत्र तोकियो

माघ ५ ।काठमाडौ,संविधान निर्माणको अन्तिम मिति माघ ८ आउन ४ दिन मात्र बाँकी रहदा सरकारले संविधानसभा भवन आसपासका विभिन्न क्षेत्रलाई सोमबारदेखि लागु हुनेगरि निशेधित क्षेत्र तोकेको छ । माघ ८ गतेलाई लक्षित गरेर बिभिन्न समूहरुले यो क्षेत्रलाई बढि लक्षित गरेर विरोधका कार्यक्रमहरु केन्द्रित गरेकाले सुरक्षा निकायले पनि त्यहि अनुसार तयारी गरेका छन ।बिभिन्न ९ स्थानमा धर्ना, जुलुस, आमसभा, कोणसभा र मसाल जुलुस जस्ता कार्यक्रम गर्न निषेध गरिएको छ ।

विशेषगरी यो निषेधित क्षेत्र नयाँ बानेश्वरस्थित संविधानसभा भवन आसपास केन्द्रित छ । प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले सोमबारदेखि लागू हुने गरी निशेधित क्षेत्र घोषणा गरिएको जानकारी दिनु भयो ।उहाका अनुसार संविधान सभा भवनको पश्चिम गेटबाट नयाँ बानेश्वर चोक हुदै औषधि व्यवस्था बिभागसम्म तोकेको छ ।यसअघि बानेश्वरकै एभरेष्ट बैंक अघिसम्म मात्र निषेधित क्षेत्र तोकिएको थियो ।
यस्तै संविधान सभा भवन अघि अरनिको राजमार्गतर्फ यातायात ब्यवस्था विभागको पूर्वी किनारा, निजामती अस्पतालको उत्तरपूर्वी किनारासम्म निषेधित क्षेत्र तोकिएको छ । बानेश्वर चोक देखि शंखुमल जाने सडकतर्फ ५० मिटरसम्मको क्षेत्र निषेधित हो । संविधान सभा भवन पश्चिम तर्फ ३ नम्बर गेटबाट थापा गाउँ जाने अनमोल क्याटरिङ र भवनको उत्तर तर्फ निषेधित क्षेत्र घोषणा गरिएको छ ।
योसंगै माइतीघर मण्डलादेखि सिंहदरबार दक्षिण गेट हुँदै हनुमानस्थान मन्दिरसम्मको क्षेत्र निशेधित हो । भद्रकाली मन्दिरदेखि सिंहदरबारको मुख्य गेट, सिंहदरबारको मुख्य ढोका देखि पद्मोदय मोडमा विरोधका कुनै कार्यक्रम गर्न पाइँदैन । साथै बबरमहल स्थित जिल्ला अदालत प्रवेस मार्गदेखी जिल्ला प्रशासन कार्यालय हुदै हनुमानस्थान मन्दिरसम्म निशेधित क्षेत्र हुन् ।

सम्बन्धित शिर्षकहरु