करोडौं रुपैयाँ ठगेर नक्कली मेनपावर बन्द

माघ ४ । काठमाडौ, वैदेशिक रोजगारमा दर्ता नै नभएको एक म्यानपावर एजेन्सीले आकर्षक तलबको प्रलोभन देखाई सयभन्दा बढी ब्यक्तिसँग करोडौं रुपैयाँ ठगेको छ । मरिसस, फ्रान्स, अमेरिका र क्यानाडा पठाउने भन्दै जनही ३० हजारदेखि दुई लाख रुपैयाँसम्म असुलेर ‘मकालु हृयुमन रिसोर्स’ नामक नक्कली कम्पनी बन्द भएको छ ।

भिसा प्रोसेसिङ्’का लागि भन्दै उसले सय भन्दा बढी नेपालीसँग एक करोडभन्दा धेरै असुलेको थियो । पीडितको संख्या र ठगी रकमको परिणाम अझै बढ्न सक्ने अनुमान रहेको छ ।

एजेन्सी सञ्चालक काभ्रेका जयराम मगर कार्यालय बन्द गरेर सम्पर्कविहिन भएका छन् । रकम फिर्ता गराउँन पीडितहरु दैनिकजसो बन्द कार्यालय पुग्छन् । ‘एक सातादेखि कार्यालय बन्द भयो, सञ्चालक र कर्मचारी कोही आउँदैनन्,’ नुवाकोटका दीपक कंडेल भन्छन्, ‘कार्यालय खुल्छ की भनेर हामी ३०/४० जना साथी सधैंजसो पुग्छौं तर कसैको अत्तोपत्तो छैन ।’ उनका अनुसार पीडितको संख्या दिनहुँ बढ्दो छ । अहिलेसम्म करिब सय जना सम्पर्कमा आइसकेका छन् ।

असोजमा मकालुले कंगेललाई फ्रान्सको भिजिट भिसा दिए पनि उनले लिएनन् । भिजिट भिसामा गएर बैधानिक रुपमा काम गर्न नपाइने भउकाले उनले नलिएका हुन् । त्यसपछि सञ्चालक मगरले मरिसमा पठाउँने भनी थामथुम पारे । ‘चार महिनाअघि राम्रो कमाईको सपना बाकेर साहुबाट चर्को ब्याजमा एक लाख रुपैयाँ ऋण लिएर मकालुलाई बुझाएको हुँ,’ उनले भने, ‘मगरले काम हुन्छ हुन्छ भन्दै झाुलाए, एक सातादेखि त कार्यालय नै बन्द भयो । अव ऋण कसरी बझाउने चिन्तामा छ ।’
मकालुको कार्यालय सामाखुशी रानीबारीमा प्यान लिएको छ भने कम्पनी रजिष्टार कार्यालयमा पनि दर्ता छ ।कारोबार दैनिकबाट साभार ।

साथीको छुरा प्रहारबाट युवकको मृत्‍यु

माघ ४ ।काठमाडौ,मदिराको नसामा झगडा गर्ने क्रममा साथीले प्रहार गरेको छुराबाट २१ वर्षीय प्रज्ज्वल भण्डारीको मृत्‍यु भएको छ ।बिहीबार बेलुका गोंगबु-५ स्थित नेचर हाइस्कुलनजिक बस्ने भण्डारीको साथीसँगको झगडामा मृत्यु भएको हो । साथी नवीन लम्सालसँग भन्डारीको झगडा भएको थियो । प्रहरीका अनुसार लम्साल गितार लिन भण्डारीको घरमा जाँदा विवाद भएको थियो । त्यसक्रममा घरमा होइन,चउरमा भिड्ने भन्दै भन्डारीको ज्यान गएको हो ।साथी नवीन लम्सालसँग उनको झगडा भएको थियो । प्रहरीका अनुसार लम्साल गितार लिन भण्डारीको घरमा जाँदा विवाद भएको थियो । त्यसक्रममा घरमा होइन,चउरमा भिड्ने भन्दै उनीहरु निस्किएका थिए । भण्डारीले लम्साललाई लडाएर मुक्का हान्न थालेपछि लम्सालले आफूसँग रहेको छुरा निकालेर हानेका थिए । कोखा र निधारमा छुरा लागेका भण्डारीको उपचारका क्रममा मृत्यु भएको हो ।
छुराले आक्रमण गरेपछि लम्साल भागेका थिए । परिवारका सदस्यले उनलाई बेहोस अवस्थामा भेट्टाएर अस्पताल पुर्याएकोमा उपचारको क्रममा मृत्यु भएको हो । लम्साललाई शुक्रबार पक्राउ गरिएको महानगरीय प्रहरी वृत महाराजगन्जका प्रमुख डिएसपी सानुराम भट्टराईले बताउनु भएको बताउनु भयो ।

सम्बन्धित शिर्षकहरु