एकल महिला सुरक्षा कोष ल्याइने

काठमाडौँ,सरकारले एकल महिलालाई समाजमा पुनः स्थापना गराउनका लागि एक महिला सुरक्षा कोष सञ्चालन नियमावलीलाई अन्तिम रुप दिने तयारी गरेको छ ।एकल महिलालाई समाजमा पुनः स्थापना गराएर उनीहरूको आर्थिक, तथा सामाजिक विकासका लागि महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले सो कोषको स्थापना गर्न लागेको हो ।

 कोष स्थापनाका लागि सरकारले गत वर्ष रु तीन करोड र यस वर्ष रु एक करोड गरेर जम्मा रु चार करोड विनियोजन गरिसकेको छ ।

गत वर्षनै कोषलाई पूर्ण रुप दिने उद्देश्य रहे पनि निर्देशिका बनाउन ढिला भएकाले यो वर्ष मात्र सो कोष सञ्चालनमा ल्याउन लागेको मन्त्रालयले जनाएको छ ।

निर्देशिका बन्ने वित्तिकै कोष सबै जिल्लामा स्थापना गर्ने तयारी भइरहेको मन्त्रालयकी प्रवक्ता राधिका अर्यालले सोमबार जानकारी दिनुभयो ।

आर्थिक तथा सामाजिक विपन्न एकल महिलालाई कोषबाट राहत, उपचार खर्च र स्वरोजगार बनाउन सहयोग पुग्ने मन्त्रालयको अपेक्षा छ ।

सम्बन्धित शिर्षकहरु