रोस सिटी फाइव अ साइड फुटसल लिगको उपाधि नेपालीलाई

ओरेगन । पोर्टल्यान्डस्थित रोस सिटी क्बलमा सञ्चालन भएको रोस सिटी फाइव अ साइड फुटसल लिगको उपाधि नेपाली खेलाडी टोलीले जितेको छ । रोस सिटी क्लबस्थित वार्सिलोना कोर्टमा भएको अन्तिम लिग खेलमा विजेता टिम एफ सी हलिउड तेक्वान्दोले जितेको हो ।बुट्स अफ ग्लोरीमाथि पाँचका विरुद्ध १० गोलको फराकीलो जित दर्ता गराएको थियो।
जसमा अमृत थापा र केविन महर्जनले तीन-तीन गोल गरेका थिए भने पासाङ्ग शेर्पाले दुई गोल गरेका थिए। त्यस्तै सूर्य थापा र विक्रम महर्जनले एक एक गोलको योगदान दिएका थिए। सूर्य थापा क्षेत्रीको नेतृत्वमा रहेको नेपाली टोलीले खेलेको कूल आठमध्ये सात वटा म्याचमा जित हासिल गरेको थियो भने एउटामा पराजित भएको थियो।

नेपाली टोलीमा अन्य खेलाडीहरू केविन महर्जन, पासाङ्ग शेपा, अमृत वोहरा, बिक्रम महर्जन, प्रविन कर्माचार्य, सुजेन्द्र वज्राचार्य, अमृत थापा क्षेत्री र दिवाकर महर्जन छन्।
खेलपछि कुरा गर्दै नेपाली खेलाडी दिवाकर महर्जनले साढे एक वर्षपछि आफूहरूले मिहिनेतको फल पाएको र पछिल्लो सिजनमा आफुहरु एक गोलको अन्तरले लिग विजेता हुनबाट वञ्चित थियौ तर यस पटक भने लिगको उपाधि जित्दा निकै गौरवको अनुभव भएको बताउनु भयो ।
विजयी टिमलाई एक समारोहबीच र्र्रोस सिटी फुटसलका निर्देशक एरिक डनलपले ट्रफी तथा प्रमाणपत्र वितरण गर्नु भयो ।

सम्बन्धित शिर्षकहरु