“म मर्नेछु: सम्झौता गर्ने छैन”- प्रचण्ड

Prachandaपुस २७, काठमाडौँ- एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डले कांग्रेस एमालेसंगको वार्ताबाट परिवर्तनका मुद्दा सम्बोधन नहुने भन्दै सडक आन्दोलनले नै सबै कुरा छिनोफानो हुने बताउनुभएको छ । बिबाद समाधान उपसमितिमा दलहरुबीच सहमतिका लागि छलफल भइरहेका बेला प्रचण्डले आइतबार आन्दोलनरत दल र संघसंस्थाको कार्यक्रममा दाहालले यस्तो उद्घोष गर्नुभएको हो ।

दाहालले पहिचान र अधिकारका लागि एकताबद्ध भएर आन्दोलनमा जानुपर्ने आबस्यकता रहेको भन्दै आन्दोलनका लागि हेडक्वाटर बनाउनु पर्ने समेत उल्लेख गर्नुभयो । ‘वार्ताबाट केही निक्लेला भन्नु गलत हुने छ,’ दाहालले भन्नुभयो  ‘अब आन्दोलनलाई प्रतिरोधात्मक बनाउनुपर्छ ।’

दाहाले कांग्रेसभन्दा एमाले यथास्थितिवादी भएको आरोप लगाउर्दै कांग्रेस एमालेसँग सम्झौता नगर्ने उल्लेख गर्दै दाहालले आवश्यक परे मर्न तयार भएको बताउनुभयो । ‘म आन्दोलनको मोर्चाको अगाडि लागेर जेलनेल खान तयार छु,’ दाहालको भनाइ छ, ‘बरु मर्न तयार छु सम्झौता गर्दिन ।’

सम्बन्धित शिर्षकहरु