अष्ट्रेलियामा एमाओवादी निकट न्यूसाउथवेल्स तदर्थ कमिटी गठन

एमाओवादी निकट नेपाली जनप्रगतिशील मञ्च, अष्ट्रेलियाले चुन्ना क्षेत्रीको संयोजकत्वमा न्यू साउथवेल्स राज्यस्तरीय तदर्थ कमिटी गठन गरेको छ । जनवरी ११ तारिखका दिन आइतबार एसफिल्ड पार्कमा आयोजना गरिएको भेलाबाट यस्तो कमिटी गठन गरिएको हो ।

यस्तै नवगठित कमिटीको उपसंयोजकमा शिव श्रेष्ठ, सदस्यहरुमा लालप्रभात पण्डित, धर्मराज अधिकारी, गम्भीर सापकोटा, हेमन्त घिमिरे, विष्णु सिलवाल रहेका छन् । कमिटीको सल्लाहकारमा डा. कृष्ण श्रेष्ठ, गुरामणि बेल्बासे र सीपी मैनाली रहेका छन् । कमिटिमा केही सदस्य पछि थपिने थप्ने व्यवस्था गरिएको छ ।

सम्बन्धित शिर्षकहरु