आगोले जलेर घाइते खातुनको मृत्यु

fireपुस २४ ।रौतहट, शीतलहरबाट बच्न बालेको आगो (घुर) ताप्ने क्रममा गम्भीर घाइते भएकी एक बृद्दाको उपचारको क्रममा मृत्यु भएको छ ।
जयनगर गाविस-९ बस्ने ६० वर्षीया मोतीया खातुनको उपचारको क्रममा बुधबार नेसनल मेडिकल कलेज वीरगन्जमा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार पुस १६ गते आगो ताप्ने क्रममा जलेर घाइते भएकी खातुनलाई उपचारका लागि वीरगन्ज सिफारिस गरिएको त्यहाँ उपचारका क्रममा उनको मृत्यु भएको हो ।

सम्बन्धित शिर्षकहरु