पुस २४ ।काठमाडौ,भारतको केन्द्रीय अनुसन्धान व्युरो ( सिबिआई)का अनुसार दुवईमा आठ हजारभन्दा बढी नेपाली महिलालाई देहव्यापारमा लगाइएको लगाइएको छ । रोजगारीको प्रलोभन देखाएर उनीहरुलाई देहव्यापारमा लगाइएको सिबिआईले दाबी गरेको छ । दलालले उनीहरुलाई भारतको दिल्ली हुँदै दुबई पुर्याउने गरेको छ । केन्या लैजाने बहानामा उनीहरुलाई दुबईमा लगेर देहव्यापारका लागि बाध्य पारिएको अनुसन्धानमा पुष्टि भएको सिबिआईका एक उच्च अधिकारीले बताएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
‘उनीहरुलाई केन्या लैजाने भनेर प्रलोभनमा पारिएको ,तर दुबई पुगेपछि अलपत्र पारेर दलालको फन्दामा पुर्याइन्छ’, ती अधिकारीले भारतीय दैनिक टाइम्स अफ इन्डियासँग भनेका छन्,‘एक वर्षको अनुसन्धानले उनीहरुलाई दुबईमै राखेर देह व्यापारमा लगाइएको पुष्टि भएको छ ।’
सन् २०१४ मा ब्युरोले अनुसन्धानका लागि एयर इन्डिया,कतार एयरवेज,अध्यागमन ब्युरो,विदेशी नागरिक दर्ता कार्यालय र १५ वटा ट्राभल एजेन्सीमार्फत सूचना संकलन गरेको छ ।








