संसारको सबैभन्दा लामो सुनको चेन दुबईमा प्रदर्शन

world long gold-chain_एक सय जना कालिगढ लगाएर संसारको सबैभन्दा लामो सुनको चेन दुबईमा प्रदर्शन गरिएको छ ।सुनको यो चेनलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा हातले बनाएको संसारको सबैभन्दा लामो चेनको रुपमा स्थान मिलेकोछ । यो चेन साढे पाँच किलोमिटर लामो र २५६ किलो तौलको छ।

यो चेन बनाउन २२ क्यारेट सुन प्रयोग गरिएको छ । प्रदर्शनपछि यो चेन कयौ टुक्रामा काटिनेछ । र उनीहरुलाई दिइनेछ जसले बुकिङ गरेका छन् ।बलिउड नायिका करिना कपुरले पनि यो चेन निर्माणमा योगदान दिएकी छन् ।
यसलाई दुबई गोल्ड एण्ड ज्वेलरी ग्रुप एसोसिएसनले पाँच ठुला ज्वेलरहरुको सहयोगमा बनाएको हो । दुबई सपिङ फेस्टिबलका लागि यसलाई विशेष ढंगले बनाएको हो । यो चेन तीन दिनसम्म प्रदर्शनमा राखिनेछ ।
यो चेनमा ४० लाख जडान रहेको बताइएकोछ। यो चेन बनाउन १०० जना कालीगढले ४५ दिन लगाएका थिए ।

सम्बन्धित शिर्षकहरु