मलेसियामा कार्यरत एक नेपालीको एक्कासी मृत्यु

पुस २२ । मलेसिया,रोजगारको सिलसिलामा मलेसिया आइपुगेका एक नेपालीको मृत्यु भएको छ ।झापा विर्तामोड घर पोर्टकेलाङगको मेडिप्रो कम्पनीमा कार्यरत पंकज शाहको एक्कासी मृत्यु भएको उनका साथीहरुले बताएका छ ।

आइतबार अचानक वेहोस भई ढलेका पंकज साहको उपचारका क्रममा सोमबार दिउँसो मृत्यु भएको थियो ।
केलाङ अस्पतालमा शाहको शवको पोसमार्टम भइरहेको छ । शाह २ वर्ष अगाडि रोजगारीको लागि मलेसिया आएका थिए ।

सम्बन्धित शिर्षकहरु