समितिको जिम्मेवारी निलम्बन गर्ने कुरा अनर्थ: सभापति सिटौला

काठमाडौँ,संविधानसभा अन्तर्गतको संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले सभामुख नेम्वाङले राखेको सुझावका सम्बन्धमा समितिको जिम्मेवारी खोसेर निलम्बन गर्ने कुरा अनर्थ भएको बताएका छन । उनले संविधानको मस्यौदा बनाउने काम सभामुखको नभई आफ्नो समितिको भएको बताए । सिंहदरबारमा आइतबार भएको समितिको बैठकमा सभापति सिटौलाले कार्यव्यवस्था समितिको बैठकमा सभामुख नेम्वाङले राखेको सुझावका सम्बन्धमा जानकारी गराउदै संविधानसभाले हालसम्म मस्यौदा समितिलाई मस्यौदा बनाउन प्रस्ताव नपठाएको तर नेम्वाङको प्रस्तावले भने समिति निलम्बनको अवस्थामा पुगेकामा सभासद्हरुले चिन्ता व्यक्त गरेको जानकारी दिए ।

केही दिनअघि संविधानसभा अध्यक्ष सुवास नेम्वाङले संविधानसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा संविधानको मस्यौदा बनाउन राजनीतिक दलहरुलाई अप्ठ्यारो भएको हो भने सो जिम्मेवारी आफूलाई दिन गरेको आग्रहका सन्दर्भमा सभापति सिटौलाले यस्तो प्रतिक्रिया दिएका हुन ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति सिटौलाले संविधानसभाअन्तर्गतको निक्र्योल समितिले दिएको जिम्मेवारी आफ्नो समितिले पाँचवटा उपसमिति बनाएर सम्पन्न गरिसकेको जानकारी गराउँदै भने “संविधानका मुख्य विवादित विषयमा सहमति हुन नसक्दा अन्य विषयमा पनि ठोस निष्कर्षमा पुग्न सकिएको छैन ।”
बैठकमा संविधानसभाले अविलम्ब मस्यौदाका लागि सबै सामग्री समितिमा पठाउनुपर्ने र समितिले अहोरात्र काम गरेर यथाशीघ्र प्रारम्भिक मस्यौदालाई पूर्णता दिने निर्णय लिइएको थियो ।

सम्बन्धित शिर्षकहरु