अन्तर्राष्ट्रिय गोजुरियो केन्वाकाइ सेमिनार सम्पन्न

पुस १७ । काठमाडौं, आठौं अन्तर्राष्ट्रिय गोजुरियो कराते डो केन्वाकाइ ट्रेनिङ सेमिनार तथा ग्रेडिङ क्याम्प सम्पन्न भएको छ ।सेमिनारमा नेपालबाट ७५ जना, भारतबाट ३ र जापानबाट १ जना सहभागी थिए । नेपालबाट २८ जनाले ब्ल्याकवेल्ट सो डानका लागि २८ ले परीक्षा दिएकोमा २६ उत्तीर्ण भएको जापान गोजुरियो कराते डो केन्वाकाइ नेपाल संघका केन्द्रीय प्रमुख प्रशिक्षक एवं एकेएफ जज विसनसिंह खड्काले जनाएका छन् । त्यस्तै नेपालबाटै ब्ल्याकवेल्ट नि डानका लागि ४ ले परीक्षा दिएकोमा चारै सफल भए ।

सेमिनार जापान कराते डो गोजुरियो केन्वाकाइ, जापानका अन्तर्राष्ट्रिय निर्देशक एवं युएस ओपन कराते च्याम्पियनसिपका स्वर्ण विजेता सिहान माकोटो कामिया र सेक्रेटरी मास्टर सिडियोन नाकासोनीले सञ्चालन गरेका थिए । उक्त कार्यक्रम बुटवलस्थित एक्स आर्मी हलमा चारदिनसम्म चलेको थियो ।

सम्बन्धित शिर्षकहरु