गोरखा समाज अष्ट्रेलियाले बार्बाक्यू (BBQ) आयोजना गर्ने

नब बर्ष२०१५ को अबसर पारेर गोरखा समाज अष्ट्रेलियाले सामुदायिक भेला तथा बार्बाक्यू आयोजना गर्ने भएको छ । आपसी भेटघाट तथा नयाँ बर्षो शुभकामना आदान प्रदान गर्ने उद्देश्यले उक्त बार्बाक्यू आयोजना गरिएको जनाइएको छ ।

आगामी जनवरी १० गतेका दिन सिड्नीको टेम्पे स्थित टेम्पे पार्कमा बिहान ९ बजे देखि ४ बजेसम्म बिबिध मनोरञ्जनात्मक कार्यक्रमहरुका साथ उक्त कार्यक्रम सञ्चालन हुनेछ । समाजले सिड्नीबासी समस्त गोर्खाली आमाबुबा तथा दाजुभाई दिदीबहिनीहरुलाई सहभागिताका लागि आहृवान समेत गरेको छ । कार्यक्रम सम्बन्धी थप जानकारी र सहभागिताका लागि फोन नंं. ०४४९ ९४९ २३२ -प्रकाश) अथवा ०४३१ ४०७ ०५८ -आनन्द) मा सर्म्पर्क गर्न सकिने समाजका संयोजक प्रकाश बस्ताकोटीद्वारा प्रेसित प्रेस नोटमा जनाइएको छ ।

बिभिन्न परोपकारी तथा कल्याणकारी कार्यक्रमहरु सहित गोरखा जिल्ला स्थायी घर भई अष्ट्रेलियाको विभिन्न शहरहरुमा बसोबास गर्ने गार्खालीहरुले हालसालै गोरखा समाज अष्ट्रेलियाको स्थापना गरेका हुन् ।

 

सम्बन्धित शिर्षकहरु