पुस १६ । काठमाडौं, नेपाली कांग्रेसले नियमावली संशोधन गरेर भए पनि माघ ८ मा नयाँ संविधान जारी गर्नु पर्ने निष्कर्ष निकाल्दै यसका लागि संविधानसभा अध्यक्ष सुवास नेम्वाङले प्रभावकारी भूमिका खेल्न आग्रह गरेको छ ।
काङ्रेसका नेताहरुका नियमावली संशोधन प्रक्रिया अघि बढाउन संविधानसभा अध्यक्ष सुवास नेम्वाङले निर्णायक भूमिका निर्वाह गर्नुपर्ने बताए ।
बुधबार बसेको पदाधिकारी बैठकले प्रक्रियामार्फत् संविधान जारी गर्नुपर्ने निर्णय गरेको हो । त्यसको लागि नियमावली संशोधन गर्नुपर्ने कांग्रेसको ठहर छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकपछि सन्चारकर्मीसँग कुरा गर्दै कांग्रेस उपसभापति रामचन्द्र पौडेलले कांग्रेसले संविधान निर्माण प्रक्रियामा दलहरुसँगको छलफल र संम्वादलाई जारी राख्ने निर्णय पनि गरेको जानकारी दिए ।
पदाधिकारी बैठकको निर्णय अनुसार बुधबारको कार्यव्यवस्था समितिको बैठकमा कांग्रेस नेताहरुले नेम्वाङलाई त्यसकालागि प्रभावकारी भूमिका खेल्न आग्रह गर्ने छन् ।








