पुस १६ ।दुग्ध विकास संस्थान डीडीसीले बुधबारदेखि प्रतिलिटर ८ देखि १० रुपैयाँसम्म दुधको मूल्य बढाएको छ ।संस्थानको हिजो बसेको संचालक समितिको बैठकले आजदेखि लागु हुने गरी मूल्य बढाउने निर्णय गरेको थियो । बढेको मूल्यअनुसार निलो प्याकेटको दुधमा ८ रुपैयाँ बढेपछि अबदेखि एक लिटरको ६४ रुपैयाँ पुगेको छ भने गाईको दुधमा पनि ८ रुपैयाँ बढेर ७२ रुपैयाँ भएको छ ।
त्यस्तै फ्याटयुक्त हरियो प्याकेटको दुधमा प्रतिलिटर १० रुपैयाँ बढेर ८० रुपैयाँ पुगेको संस्थानले जनाएको छ ।
दुग्ध किसानहरुको दबाबका कारण मूल्य बढाइएको संस्थानले जनाएको छ । दुग्ध किसानहरु लामो समयदेखि दुधको मूल्य बढाउनु पर्ने भन्दै दबाब दिईंदै आएका थिए ।








