३९औं राष्ट्रिय मेलमिलाप दिवस मनाइदै

पुस १६ ।काठमाडौ,नेपाली काङ्ग्रेसले आज ३९ औं राष्ट्रिय मेलमिलाप दिवस, देशभर विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइरहेको छ ।

वि.सं. २०३३ पुस १६ गते आजकै दिन काङ्ग्रेस नेता विश्वेश्वरप्रसाद कोइराला राष्ट्रियता र प्रजातन्त्रका लागि ८ वर्ष लामो भारत निर्वासनपछि स्वदेश फर्केको सम्झनामा काङ्ग्रेसले हरेक वर्ष मेलमिलाप दिवस मनाउँदै आएको छ ।

कोइराला नेताहरु गणेशमान सिंह, शैलजा आचार्यलगायतसहित स्वदेश फर्ककेका थिए ।

स्वदेश फर्कदा बीपीमाथि आईलाग्न सक्ने खतरालाई मध्यनजर गर्दै शुभचिन्तकहरुबाट स्वदेश नफर्कन आएका सुझावहरुलाई नजरअन्दाज गर्दै बीपी राष्ट्रिय एकता र मेलमिलापको नीति लिई स्वदेश फर्केका थिए ।

बीपीलाई तात्कालिन महेन्द्र सरकारले सोही दिन गिरफतार गरी सिधै सुन्दरीजल बन्दीगृहमा लगेको थियो । कांग्रेसले दिवसको अवसरमा आज ११ बजेदेखि पार्टी कार्यालय सानेपामा विशेष कार्यक्रम गरिरहेको छ ।
भने विपी संग्रहालय सुन्दरीजलमा पनि कार्यक्रम भैरहेको छ ।त्यस्तै जिल्ला जिल्लामा पनि पार्टीले कार्यक्रम गर्ने कांगे्रसले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु