पुस १५ । काठमाडौं, रुघाखोकीले ग्रसित भएका नेकपा–माओवादी अध्यक्ष मोहन वैद्यको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भैरहेको छ । केहि दिनयता रुघाखोकीले ग्रस्त वैद्यलाई स्वासप्रस्वासकोपनि समस्या भएपछि नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।
हिजो साँझ ८ बजेतिर अस्पताल भर्ना भएका उनमा स्वासप्रस्वासको समस्या देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन ।
चिकित्सकहरुका अनुसार बैध्यलाई स्वासप्रस्वासको समस्या देखिएता पनि उनको अवस्था भने सामान्य रहेको छ ।
मैनालीले वैद्यको उपचार डा. गजेन्द्र श्रीवास्तवले गरिरहेका छन ।
स्रोतका अनुसार अस्वस्थ्य हुँदा हुँदै पानि पार्टीको जारी राष्ट्रिय भेलामा सहभागी वैद्यलाई हिजो अपरान्हदेखि थप च्यापेपछि अस्पताल भर्ना गरिएको हो ।








