नेपालमा संरोगेट मदर ल्याएर बच्चा जन्माउन पाइने

babyपुस १४ । गत २ जेठमा बसेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार देशी दम्पतीले भाडाकी आमा (संरोगेट मदर) ल्याएर नेपालका अस्पतालमा बच्चा जन्माउन पाउने भएका छन् । सरकारले बच्चा चाहने आमाबाबु र भाडाकी आमा तीनैजना विदेशी भए नेपालका अस्पतालहरुले सो सेवा दिन सक्ने गरी नीति ल्याएको छ ।
सो नीतिमा बच्चा जन्माउन खोज्ने आमाबाबु र बच्चा पाइदिने आमा तीनैजना विदेशी नागरिक हुनुपर्ने उल्लेख छ ।

यसका साथै सो नीतिका आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई मापदण्ड बनाई सोही मापदण्डभित्र आउने अस्पताललाई यस्तो सेवा दिन खुला गर्नसमेत निर्देशन दिइएको छ ।
नेपालमा सरोगेसीसम्बन्धी कुनै प्रकारको कानुनी प्रावधान नभए पनि विदेशी नागरिकहरु नेपाल आएर केही अस्पतालबाट यस्तो सेवा लिइरहेको तथ्य खुलेपछि सरकारले त्यसलाई कानुनी मान्यता दिएको हो ।

सम्बन्धित शिर्षकहरु