नेपाल जेसीजको अध्यक्षमा धनञ्जयकुमार श्रेष्ठ निर्वाचित

पुस १४ ।काभ्रे नेपाल जेसीजको ४१ औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा ९९३ मतका साथ धनञ्जयकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

निकटम प्रतिद्धन्द्धी पोखरा जेसीजका रविन्द्र गुरुङलाई हराउँदै म्याग्दी जेसिजका पुर्वअध्यक्ष समेत रहेका धनञ्जयकुमार श्रेष्ठ राष्ट्रिय अध्यक्षमा निर्वाचित भएका हुन् । श्रेष्ठले ९९३ र गुरुङले ५७६ मत ल्याएका थिए । १३८ शाखाबाट १ हजार ६ सय ६५ भोट खसेको थियो ।
म्याग्दी जेसीजका संस्थापक महासचिवको रुपमा जेसीज अभियानमा पाइला टेकेका श्रेष्ठ तालिम संयोजक, शाखा निर्देशक, हुँदै २००४ मा शाखा अध्यक्ष भएका थिए । सन् २००५ मा नेपाल जेसीज क्षेत्र ‘ख’ प्रकरण निर्देशक, २००६ मा नेपाल जेसीज राष्ट्रिय उपाध्यक्ष भएका उनी २००७ मा नेपाल जेसीज सम्मेलन निर्देशक क्षेत्र ‘ख’ सम्मेलन निर्देशक हुँदै २०१० मा नेपाल जेसीज राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष भएका थिए । आफू शाखा अध्यक्ष रहँदा आफ्नो शाखालाई नेपालभरमा उत्कृष्ट बनाएर पुरस्कृत गराएका थिए ।
कार्यकारी उपाध्यक्षमा रिता न्यौपाने, मनिष रमण शाह, अञ्जनीकुमार पराजुली र प्रकाशप्रसाद अधिकारी बिजयी भएका छन् । १२ उपाध्यक्ष पदको लागि भएको निर्वाचनमा भेषजा काफ्ले, दिपेन्द्र केसी, आनन्द अधिकारी, दिलबहादुर अर्याल (राजु), कमला पोखरेल (मञ्जु), कुमुदा बैद्य (श्रेष्ठ), पारस शर्मा रिमाल, अनिलबहादुर शाही, श्रीजित श्रेष्ठ, श्रद्धा सिलवाल, सुवास कुमार भट्टराई र बद्रि सापकोटा विजयी भएका छन् ।
अध्यक्षले कानुनी सल्लाहकारमा विश्वम्भर प्याकुरेल, महासचिवमा जगतबहादुर पोखरेल र कोषाध्यक्षमा बिष्णु लम्साललाई मनोनित गरेका छन् ।
अध्यक्ष, ४ कार्यकारीणी उपाध्यक्ष र १२ उपाध्यक्ष पदका लागि २९ जना चुनावी प्रतिस्पर्धामा थिए । काभ्रे जेसीजको आतिथ्यतामा पुष ११ गतेदेखि १३ गते सम्म नेपाल जेसीजको राष्ट्रिय महाधिवेशन काभ्रेमा सम्पन्न भएको हो ।

सम्बन्धित शिर्षकहरु