उथ एशियन खुला करातेमा नेपाल अग्रस्थानमा

पुस १३।काठमाडौ,नेपालको सिनियर टिमले साउथ एशियन खुला कराते च्याम्पियनशिपमा नेपालको सिनियर टिमले २० स्वर्ण र १ रजत जितेको छ ।

भारतको नया दिल्ली स्थित खेल परिसर दिलशाद् गाडेनमा आइतवार भएको पुरुष कुमुतेको ५० केजी तौल समूहको फाईनल खेलमा नेपालका बिजय लामाले भारतका राजेश कुमारलाई ८–० को उच्चतम स्कोरका आधारमा पराजित गरे । त्यस्तै पुरुष ५५ केजीको फाईनलमा नेपालका सोनम लामाले भारतका महेश कुमारलाई १०–१ को उच्चतम अंकमा हराए । पुरुष ६० केजीमा नेपालका सुनिल लामाले भारतका अंकित चुहानलाई १०–४ ले हराउदै स्वर्ण जिते ।
त्यसै गरि पुरुष ६७ केजीमा नेपालका मोहन कार्कीले स्वर्ण जिते । उनले भारतका शसि सिंहलाई अंकका अधारमा ६–२ ले हराएका थिए । पुरुष ७५ केजीमा नेपालका दिवस श्रेष्ठले स्वर्ण जिते । उनले भारतका दिलिपलाई ९–० को उच्चतम स्कोरका आधारमा पराजित गरेका थिए । पुरुष ८४ केजीको फाईनल खेलमा नेपालका भिमवहादुर तामाङ्गले भारतका कपिल कुमारलाई अंकका अधारमा ६–० ले पराजित गदै स्वर्ण जिते । पुरुषकै ८४ केजी माथीको फाईनल खेलमा नेपालका दिगम्वर पन्तले स्वर्ण जिते । उनले भारतका निरज कुमारलाई १२–३ को उच्चतम स्कोरका आधारमा पराजित गरेका हुन् ।
महिला ४५ केजीतर्फ अमृता पालले भारतलाई पहिलो स्वर्ण दिलाईन् । उनले नेपालकी उर्मिला डिसीलाई ४–२ ले पराजित गरेकी थिईन् । महिला ५० केजीमा नेपालकी अनु अधिकारीले स्वर्ण जितिन् । उनले भारतकी सिप्रा नारायणलाई ८–० को उच्चतम स्कोरका आधारमा पराजित गरेकी थिईन् । महिलाकै ५५ केजीमा नेपालकी मल्लिका थापा पहिलो भईन् । उनले भारतकी पुजा ठाकुरलाई ९–३ ले पराजित गरेकी हुन् ।
त्यसैगरि महिलाको ६१ केजीमा नेपालकी सनी तामाङ्गले स्वर्ण जितिन् । उनले भारतकी शुशिला यादवलाई ८–२ ले पराजित गरेकी हुन् । महिला ६८ मुनी नेपालकी बिभुषा थापाले स्वर्ण जितिन् । बिभुषाले भारतकी यमुना चौधरीलाई ७–१ ले हराएकी थिईन् । महिला ६८ माथी नेपालकी रिता कार्की प्रथम भईन् । रिताले भारतकी प्रियांका तिवारीलाई ८–० को उच्चतम स्कोरका आधारमा पराजित गरेकी हुन् ।
च्याम्पियनशिप अन्तर्रगत प्रदशनिखेल काताको चारै बिद्यामा नेपालले स्वर्ण जितेको छ । एकल कातामा चन्चला दनुवार र मण्देकाजी श्रेष्ठले स्वर्ण जिते । महिलातर्फ चन्चलाले भारतकी कन्चन लालवानेलाई ५–० ले हराईन् भने पुरुषतर्फ नेपालका मण्देकाजी श्रेष्ठले भारतकै महेश कुमारलाई ५–० ले नै हराएका थिए । त्यस्तै टिम कातामा महिलातर्फ सुभद्रा श्रेष्ठ,संगिता डंगोल र सुनिता लामाको टिम र पुरुषतर्फ डम्वरवहादुर आले,सुभाष कार्की र सानुकुमार रुम्वाको टिमले नेपाललाई स्वर्ण दिलायो ।

सम्बन्धित शिर्षकहरु