पुस ११ । भक्तपुर,भक्तपुर,तीनदिने नेपाल भ्रमणमा आउनुभएका चिनियाँ विदेशमन्त्री वाङ यी नगरकोट आइपुगेर सूर्योदय र नगरकोटबाट देखिने हिमालको अवलोकन गरेका छन ।
बिहीबार काठमाडौं आएका विदेशमन्त्री वाङ हिजो अपराह्न होटेल क्लब हिमालयनमा रात बस्ने गरी नगरकोट बसेर आज बिहान काठमाडौं फर्किएका हुन ।
उनले आज बिहान क्लब हिमालयनबाट सूर्योदयका साथै यहाँबाट देखिने हिमालहरुको अवलोकन गरेको नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष दिपक लामिछानेले जानकारी दिए ।
यसअघि हिजो साँझ उहाँले नगरकोटको भ्यूटावर गई करिब एकघण्टा हिमाल र सूर्यास्तको दृश्य अवलोकन गरी होटल फर्किएका थिए ।
चिनियाँ विदेशमन्त्री वाङ नगरकोट पुगेपछि नगरकोटको सुरक्षा व्यवस्थामा निकै कडाइ गरिएको थियो ।








