भारतको सतलोक आश्रम पुगेका २४ नेपाली पक्राउ

pakrauपुस १० ।काठमाडौ,धार्मिक आस्थाले भारतको हरियाणा (हिसार)को चण्डिगढ रोड,बरबालस्थित सतलोक आश्रम पुगेका २४ नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको छ।

उनिहरुलाई त्यहाँको हिसार जेलमा थुनिएको पीडितका परिवारले बताएका छन् ।

विवादास्पद भारतीय धर्मगुरु रामपालको आश्रममा उनलाई खोजी गर्दै पुगेको प्रहरीले आश्रमबाट भारतीय र नेपाली भक्तलाई पक्राउ गरेको हो ।

धार्मिक उद्देश्यले आश्रम गएका नेपाली पक्राउ पर्दा पनि रिहाइका लागि सरकारले पहल नगरेको भन्दै पीडित परिवार र सभासद्ले गुनासो पोखेका छन् । पक्राउ परेको सवा महिना भएको छ । पीडित परिवारले जिल्ला प्रशासनदेखि परराष्ट्र मन्त्रालय र दूतावासलाई समेत जानकारी गराइसकेका छन् ।
‘म हिसार जेलमै गएर भाइलाई भेटेर आएँ’,धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ,सखुवाका निर्गुणकुमार महतोले भने,‘मंसिर २ गते पक्राउ परेदेखि जताततै गुहारिरहेका छौं,तर अहिलेसम्म कुनै पहल नहुँदा भाइ जेलमै छ ।’
१२ कक्षामा अध्ययनरत २० वर्षीय गणेशकुमार कात्तिक १८ मा पहिलो पटक १८ स्थानीयसँग सत्संग र भजनका लागि आश्रम हिँडेका थिए ।

सम्बन्धित शिर्षकहरु