सिन्धुपाल्चोकको बराम्चीमा बसभित्र करेन्ट लाग्दा चारको मृत्‍यु,२० घाइते

पुस ६ ।चौतारा,सिन्धुपाल्चोकको बराम्ची गाविस–२ बालुवामा गुडिरहेको एक बसमा करेन्ट लागेर चार जनाको मृत्‍यु भएको छ भने अन्य २० जना घाइते भएका छन । आइतबार बिहान काठमाडौंबाट सिन्धुपाल्चोकको पाङटाङ गाविसको कात्तिकेतर्फ हिँडेको यात्रु बसको छतमा राखेको सामानमा विजुलीको तारले छुँदा यो घटना हुन गएको बराम्ची गाविसका कार्यालय सहायक रामचन्द्र घिमिरेले जानकारी दिए । बा२ख२७०२ नम्बरको यात्रु बसमा विद्युत्त प्रसारण लाइन तारले छोएर करेन्ट प्रवाहित हुँदा ४ यात्रुको ज्यान गएको हो ।

करेन्ट लागेर ज्यान गुमाएका तथा घाइते भएका यात्रुहरुको शरिरको अधिकांश भाग जलेको छ ।

स्थानीयबासीका अनुसार घटनामा गम्भीर घाइते भएका सातजनालाई उपचारका लागि अस्पताल लगिएको छ । घटनालगत्तै जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट प्रहरी टोली घटनास्थल तर्फ लागेको छ । घाइते र मृतकको स्थानीयबासीले उद्धार गरेका छन् ।

सम्बन्धित शिर्षकहरु