असनेपाल न्युज सिड्नी- गत डिसेम्बर १४ सम्पन्न भएको नेप्लिज अस्ट्रेलिया एसोसियसनको बार्षिक साधारण सभाले ३२ औं कार्यसमिति गठन गरेको छ ।
साधारण सभाले सर्बसहमतिमा गठन गरेको कार्यसमितिको अध्यक्षमा उमेश पन्त चुनिनु भएको छ । नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा निशा राजभण्डारी, महासचिबमा सुर्य भट्टराई,सचिबमा इरिना घिमिरे र कोशाध्यक्षमा चुरामणि बेलबासे चुनिनु भएको छ ।
नयाँ कार्यसमितिको सदस्यहरुमा प्रकाश थापा, भुपेन्द्र चुडाल, लक्ष्मण शर्मा र उषा शर्मा रहनु भएको छ ।
नव निर्वाचित कार्यसमितिले नेपाली समुदायको हितमा काम गर्ने प्रतिबद्दता जाहेर गरेको छ ।








