समयमै संविधान बनाउन दलहरु जिमेवारी हुनुपर्छ :अध्यक्ष नेम्वाङ

hastaksharपुस २ । संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले माघ ८ मा संविधान निर्माण गर्नको लागि सबै दलहरु जिम्मेवारी भएर लाग्नु पर्ने बताएका छन ।
माघ ८ भित्रै संविधान निर्माण गर्न दवाव दिन अनेरास्ववियुले संकलन गरेको हस्ताक्षर बुझ्दै अध्यक्ष नेम्वाङले विहीबार यस्तो बताएका हुन ।

उनले दलहरुबीच सहमति भए तोकिएको अवधीमा संविधान बनाउन असम्भव नहुने प्रतिकृया दिए ।

समयमै संविधान निर्माणका लागि अनेरास्ववियुले सोमबार, मंगलबार र बुधबार राजधानी लगायत मुलुकमा विभिन्न ठाउँमा तथा क्याम्पस क्याम्पसमा हस्ताक्षर संकलन गरेको थियो ।

संविधान निर्माणका लागि विद्यार्थीको तर्फबाट दवाव सिर्जना लागि हस्ताक्षर अभियान सञ्चालन गरेको अनेरास्ववियुले जनाएको छ । माघ ८ भित्रै जनचाहना अनुसार संविधान निर्माण नभएमा देशको हालत झन जटिल बन्ने हुने प्रति सजग बन्न बिद्यार्थीहरुले दलहरुलाई नैतिक दवाव दिएको हो ।
संविधान निर्माणका लागि दवाव सिर्जना गर्न अनेरास्ववियुले थालेको आन्दोलनमा नेविसंघ लगायत अन्य विद्यार्थी संगठनले समेत साथ दिने भएका छन ।

सम्बन्धित शिर्षकहरु